२०८० असार ८ गते १७:०४ सुरक्षण खनाल
आमा र बुबाको हाँसोका लागि मेरो खाँचो बन्न,
रहर छ, करोडौं सपना सजाएको कोठाको साँचो बन्न ।
धन कमाउँछु, घर जमाउँछु, साथ बसाउँछु,
छुट्ने छैन हाम्रो नाता, देऊ हात कसिलोसँग समाउँछु ।
नसुनाऊ कसले के गर्यो, कहाँ पुग्यो, के सफल भयो,
लाग्छ आजसम्म मैले गरेको सबै प्रयास विफल भयो ।
देखेको र सोचेको त कैयौं कुरा हुन्छन्,
केही गरेर देखाउन सकेको नि होइन,
कुनै दिन त होला नि,
अहिले पो मुखमा च्याप्ने एक खिल्ली खुसी पनि छैन ।
न त बन्न सके राम्रो नै न त छ मनमा चैँ-न
भाग्य भए, भोलि त होला नि आज पो छैन ।
पैसा नै सबै थोक त हैन, तर
पैसाको बिटो हातमा गन्नेछु,
भाग्य भए, एक दिन सफल म पनि त बन्नेछु ।
छन् ! सपना सजाएर फाट्न लागेका झोला,
के मैले देखेको, सोचेको, आँटेको र साँचेको रहर पूरा होला ?
Copyright © 2023 Bikash Media Pvt. Ltd.