काठमाडौं र पोखरा महानगरमा भारतीय चलचित्र आदिपुरुष प्रदर्शनमा रोक, निर्माण कम्पनीले माग्यो माफी

  २०८० असार ४ गते १०:४३     विकासन्युज

काठमाडौं । काठमाडौं र पोखरा महानगरले दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’ को प्रदर्शनमा रोक लगाएका छन् । उक्त चलचित्रमा रहेको विवादित संवाद नसच्चाइएको भन्दै सोमबार बिहानैदेखि दुई महानगरले प्रदर्शनमा रोक लगाएका हुन् ।

उक्त चलचित्रमा ‘सीता भारतको छोरी हुन्’ संवाद भारतमा नहटाएपछि काठमाडौं र पोखरा महानगरले फिल्म प्रदर्शनमा रोक लगाइएकाे बताएका छन् ।

पोखरा महानगर प्रमुख धनराज आचार्यले श्रीकृष्ण, विन्ध्यावासिनी, सिनेप्लेक्स र मिडटाउन हललाई पत्र लेख्दै भारतीय फिल्म प्रसारणमा रोक लगाउन निर्देशन दिएका हुन् ।

पत्रमा ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्चिएसम्म नगर क्षेत्रभित्रका हलमा अन्य भारतीय प्रदर्शन पनि रोक्न निर्देशन दिइएको छ ।
रामायणको तथ्यलाई बंगाएर कथा तोडमोड गरेको भन्दै आदिपुरुषको भारतमा पनि आलोचना भइरहेको छ ।

निर्माण कम्पनीले माग्यो माफी

नेपालमा चलचित्र प्रदर्शनीमा रोक लगाएपछि निर्माण कम्पनीले माफी मागेका छ ।

उक्त चलचित्र निर्माण कम्पनी सुपर क्यासेट्स इण्डस्ट्रिज प्रालिले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र चलचित्र विकास बोर्डलाई पत्र लेखेर माफी मागेको हो ।

निर्माण कम्पनी सुपर क्यासेट्सकी राधिका दासले फिल्मको संवादले नेपाली संवेदनामा पुगेको चोटप्रति माफी मागेकी हुन् । पत्रमा ‘जानकी भारतकी छोरी’ भन्ने संवाद सीताको जन्मस्थलबारे नभई आम महिला विशेषसँग जोडेर लेखिएको प्रष्टीकरण दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.