नबिल बैंकका ग्राहकलाई ल्याण्डमार्कको होटल तथा रिसोर्टहरुमा छुट

  २०८० जेठ २६ गते १५:४२     विकासन्युज

काठमाडौं । नबिल बैंकले ल्याण्डमार्क होटल एन्ड रिसोर्टसँग सम्झौता गरेको छ ।

उक्त सम्झौता अनुसार नबिल बैंकका ग्राहकहरुले ल्याण्डमार्क होटल एन्ड रिसोर्टद्वारा सञ्चालित काठमाडौं, चितवन तथा पोखराका होटलहरुमा छुट पाउने छन् ।

बैंकका ग्राहकहरुले खाना तथा पेय पदार्थमा १० प्रतिशत र होटल तथा रिसोर्टको आवास सुबिधामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकका ग्राहकले नबिल बैंकको चेक, डेबिट कार्ड, क्रेडिट कार्ड तथा अन्य डिजिटल माध्यमद्वारा भुक्तानी गर्दा उक्त सुविधा प्राप्त गर्न सक्नेछन् ।

हालसम्म नबिल बैंकले २५५ शाखा मार्फत बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.