माछापुच्छ्रे बैंकका ग्राहकलाई केएफसी र पिज्जा हन्टमा छुट

  २०८० जेठ २६ गते १५:४०     विकासन्युज

काठमाडौं । माछापुच्छ्र्रे बैंक र केएफसी आउटलेटबीच व्यवसायिक सहकार्य गर्ने सम्झौता भएको छ । केएफसी आउटलेट दिव्यानी इन्टरनेशनल नेपालबाट सञ्चालित रहेको छ ।

जस अन्तर्गत केएफसी, क्रिमबेल र पिज्जा हट आउटलेटहरु सञ्चालनमा छन् । सम्झौता अनुसार बैंकका ग्राहकले दिव्यानी इन्टरनेशनल नेपालमा आवद्ध भएका केएफसी, क्रिमबेल र पिज्जा हट आउटलेट मार्फत खानाका परिकारहरु अर्डर गर्दा बैंकको विभिन्न डिजिटल माध्यमबाट क्यासब्याक पाउन सक्नेछन् ।

ग्राहकले क्युआर वा पिओएस मार्फत डेबिट/ क्रेडिट कार्ड प्रयोग गरी डिजिटल भुक्त्तानी गर्दा दैनिक पहिलो कारोबारमा १० प्रतिशत (बढिमा रु. १८०) सम्मको क्यासब्याक पाउन सक्नेछन् । बैंकले डिजिटल कारोबारलाई प्रर्वद्धन गर्ने उद्देश्यका साथ आफ्ना ग्राहकको सुविधाका लागि उक्त क्यासब्याक योजना जेष्ठ २५ देखि असार २६ गते सम्म प्रदान गरिने छ ।

बैंकले अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुर्याउने उद्धेश्यका साथ ग्रीन बैंकिङ्गलाई प्राथमिकतामा राखेर आफ्ना नवीनतम डिजिटल उत्पादन तथा सेवाहरू संचालन गरिरहेको छ ।

यसरी नै बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सँग व्यवसायिक सम्झौता गरि ग्राहकलाई आकर्षक छुट प्रदान गर्दै आईरहेको छ । यस प्रकारको सम्झौताले गर्दा ग्राहकलाई सुविधा लगायत व्यापार व्यवसाय तथा पर्यटन प्रवद्र्वनमा सघाउ पुग्दै आईरहेको छ ।

बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३३ शाखारहित बैंकिङ्ग सेवा, २०४ एटिएम मार्फत १४ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.