गोर्खा, डडेलधुरा र नुवाकोटमा केन्द्रित हुनेगरी बजेट आयो : गोकर्ण विष्ट

  २०८० जेठ २६ गते १४:०४     विकासन्युज

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव एवं सांसद गोकर्ण विष्टले गोर्खा, डडेलधुरा र नुवाकोटमा केन्द्रित हुनेगरी बजेट आएको आरोप लगाएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भागलिँदै उनले सत्तारुढ दलका शिर्ष नेताहरुको पहुँचमा हुने गरी बजेट आएको भन्दै मान्य नहुने बताएका हुन् ।

सचिव विष्टले बजेटले मुलुकको आर्थिक मन्दीलाई सम्बोधन गर्न नसक्ने दावी समेत गरे । उनले बजेटले मुलुकको समस्या समाधान गर्न नसक्ने बताए ।

‘डडेलधुरामा बजेट बढ्यो रे, गोर्खामा बजेट बढ्यो रे, नुवाकोटमा बजेट बढ्यो रे, क्रमागत आयोजनाहरु काटिन्छन, तर आज केही पहुँचका आधारमा योजनाहरु, बजेटहरु केन्द्रित भएको छ, आज विधि र न्याय स्थापित भएन, एउटा भनाई छ–लथालिंग देशको, भताभंग चाला । जो जसले सक्छ, उसले खाला,’ उनले भने ।

सचिव विष्टले वर्तमान सरकारले ल्याएको नीति, कार्यक्रम र बजेटले मुलुकमा विद्यमान कुनै पनि समस्या सम्बोधन हुन नसक्ने पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.