सूर्यज्योति लाइफको बीमालेख नविकरण गर्दा विलम्ब शुल्कमा ३५ प्रतिशत छुट

  २०८० जेठ २६ गते १३:११     विकासन्युज

काठमाडौं । सूर्यज्योति लाइफले कम्पनीबाट जारी भई समयमा बीमाशुल्क भुक्तानी नगरी व्यतित भएका बीमालेखमा जेठ १२ गतेदेखि २८ गतेसम्म नविकरण गराउँदा बिलम्ब शुल्कमा ३५ प्रतिशत छुट दिने भएको हो ।

कुनै कारणवस बीमाशुल्क भुक्तानी गर्न बाँकी रही हालसम्म व्यतित भएका बीमालेखहरुमा लाग्ने विलम्ब शुल्कमा ३५ प्रतिशत छुट प्रदान गरिने कुरा कम्पनीले जनाएको छ । यस अवसरको सदुपयोग गरी आफ्नो बीमालेख समयमै सक्रिय बनाई ढुक्क रहन कम्पनीले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.