२०८० जेठ २६ गते १०:५७ विकासन्युज
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ ।
नेपाली सुनचाँदी व्यवसायीका अनुसार आज बढेको मूल्य अनुसार छापावाल सुन तोलामा १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
साथै, आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेर १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.