मनकामना दरौंदी हाइड्रोको सेयर बिक्री प्रक्रिया गैरकानुनी

<p>काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मनकामना दरौंदी हाइड्रोपावरको सेयर बिक्री प्रक्रिया गैरकानुनी भएकाले खरिद नगर्न आग्रह गरेको छ । कम्पनीले सेयर निष्काशनको लागि बोर्डमा आवेदन नदिएको भन्दै खरिद नगर्न आग्रह गरेको हो । बोर्डको स्वीकृती बिना धितोपत्रको निष्कासन गर्ने कार्य गैरकानूनी हुने र त्यस्तो धितोपत्रमा लगानी गर्दा विद्यमान कानूनी व्यवस्थाबाट लगानीकर्ताहरुको हित संरक्षण नहुने [&hellip;]</p>

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मनकामना दरौंदी हाइड्रोपावरको सेयर बिक्री प्रक्रिया गैरकानुनी भएकाले खरिद नगर्न आग्रह गरेको छ । कम्पनीले सेयर निष्काशनको लागि बोर्डमा आवेदन नदिएको भन्दै खरिद नगर्न आग्रह गरेको हो ।

बोर्डको स्वीकृती बिना धितोपत्रको निष्कासन गर्ने कार्य गैरकानूनी हुने र त्यस्तो धितोपत्रमा लगानी गर्दा विद्यमान कानूनी व्यवस्थाबाट लगानीकर्ताहरुको हित संरक्षण नहुने बोर्डले बताएको छ । कुनै पनि कम्पनीले गर्ने धितोपत्रको सार्वजनिक निष्कासनमा लगानी गर्दा बोर्डबाट स्वीकृति प्राप्त गरेको हुनु पर्ने छ ।

सेबोनका अनुसार धितोपत्र सम्बन्धी ऐन अनुसार संगठित संस्थाहरुले धितोपत्र निष्काशन गर्नु अघि बोर्डमा दर्ता गराउनु पर्ने हन्छ । साथै एक पटकमा ५० जना भन्दा बढीलाई धितोपत्र बिक्री गर्ने भएमा सार्वजनिक निष्काशन गर्नुपर्ने भन्ने व्यवस्था रहेको छ ।

तर, सो कम्पनीले उक्त व्यवस्था विपरित सेयर बिक्री प्रक्रिया अघि बढाएको छ । कम्पनीले प्रति कित्ता १०० रुपैयाँका दरले न्युनतम ५०० कित्ताको लागि आवेदन आह्वान गरेको छ । सो सेयर बिक्री प्रक्रिया गैरकानुनी भएको भन्दै खरिद नगर्न आग्रह गरेको हो ।

Share News