लाभांश पारित गर्न नेपाल पुनर्बीमाले डाक्यो १८ औं वार्षिक साधारणसभा

  २०८० जेठ २६ गते ८:२१     विकासन्युज

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले आफ्नो १८ औं बार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले असार १५ गते साढे ११ बजे काठमाडौंमा साधारण सभा बोलाएको हो ।

कम्पनीको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोगजनको लागि ०.२५ प्रतिशत नगद गरी कूल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यस्तै, कम्पनीको सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०७९/८० को लागि बाह्य लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने र सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न २ जना सञ्चालकको निर्वाचन गर्नेछ ।

कम्पनीको सभाले प्रबन्धपत्र÷नियमावलीको प्रस्तावित संशोधनमा नेपाल सरकार वा नियमनकारी निकायहरुबाट कुनै फेर बदलको सुझाव प्राप्त भएमा सो बमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि असार ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असार ६ गतेसम्म कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागी भइ लाभांश प्राप्त गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.