मेटलाइफले बीमा शुल्क भुक्तानी संकलनको लागि सुरु गर्यो ई-म्यान्डेट सेवा

  २०८० जेठ २५ गते १८:३५     विकासन्युज

काठमाडौं । मेटलाइफ नेपालले नेपाल क्लियरिङ हाउस र स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालसँगकाे सहकार्यमा बीमा शुल्क भुक्तानीका लागि सहकार्य गरेकाे छ ।

कम्पनीले डिजिटल स्ट्याण्डिङ इन्स्ट्रक्सन( ई-म्यान्डेट) सुविधालाई नेपाल क्लियरिङ हाउसकाे राष्ट्रिय भुक्तानी इन्टरफेससँग एकिकृत गरी आफ्नाे प्रणाली सक्षम पार्न उक्त सहकार्य गरेकाे हाे ।

यो सुविधा मेटलाइफ नेपालले नेपालको बीमा क्षेत्रमै पहिलो पटक प्रचलनमा ल्याएको जनाएकाे छ ।

यस व्यवस्थासँगै मेटलाइफ नेपालका ग्राहकहरूले आफ्ना बीमा शुल्क भुक्तानीहरूको लागि सक्षम गरिएको डिजिटल स्ट्यान्डिङ्ग निर्देशनमा आधारित ई-म्यान्डेट सुविधाको सदस्यता लिएर झन्झटमुक्त तरिकाले आफ्नो बीमा शुल्क भुक्तानी गर्न सक्नेछन् ।

यस सुविधाको सदस्यता लिए अन्तर्गत ग्राहकहरुले बीमा शुल्क भुक्तानीको निर्धारित मितिमा आफ्नो बैंक खाताबाट रकम प्रत्यक्ष भुक्तानी गर्न अनुमति दिन सक्नेछन् ।

मेटलाइफ नेपालको पोर्टलमा लगइन गरेपछि ग्राहकले आवश्यक अनिवार्य जानकारी (भुक्तानी अन्तराल र रकम) समावेश गराई, दर्ता भएपछि सुविधाको प्रक्रिया पुरा हुनेछ ।

ई-म्यान्डेट आधारित भुक्तानीहरूले नियमित वा आवर्ती/आवधिक प्रकृतिको भुक्तानीहरूलाई प्राथमिकता दिनेछ । एक पटक यस सुविधाको सदस्यता लिएपछि ग्राहकहरुले निरन्तर रुपमा यसको फाइदा लिन सक्ने कम्पनीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.