एक करोडसम्मको घरबीमा वार्षिक ५०० रुपैयाँमा गर्न सकिने

  २०८० जेठ २५ गते १६:०२     विकासन्युज

काठमाडाैं । इसेवाले युएसएड, तयार र शिखर इन्स्योरेन्ससँगको साझेदारीमा बिमा प्रक्रियालाई डिजिटाइज गरी अझ सरलीकरण गर्न घर बीमा सुविधा ल्याएको छ ।

यस योजना इसेवाको मोबाईल एपभित्र रहको इन्स्योरेन्स शिर्षकमा सूचीवद्ध सेवा मार्फत सजिलै घर बीमा खरिद गर्ने सुविधा प्राप्त गर्न सकिनेछ । बीमा नीति अनुसार एक करोडसम्मको बिमा हुने यस योजनामा वार्षिक ५०० देखि ४५ रूपैयाँसम्म भुक्तानी गर्नुपर्ने इसेवाले जनाएकाे छ ।

हाललाई यो योजना सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिकामा लागु हुने इसेवाले जनाएकाे छ ।

इसेवाकाे अनुसार बीमा मुल्य घरको विश्वसनीयता र मूल्य निर्धारणबाट तय हुनेछ र यस योजनामा सहभागि हुन घरधनीले घरको तस्बिर, अपेक्षित मूल्य र त्यसको सम्पती विवरण इसेवमा एप मार्फत अपलोड गर्नुपर्नेछ ।

इसेवाले यस अघि नै ग्राहक तथा ग्राहकका आफन्त र साथीभाईमा लागु हुनेगरि इसेवा केयर सञ्चालनमा ल्याइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.