वन टु वाच र सूर्यविनायक नगरपालिकाले २० वटा साना उद्योगलाई सहयोग गर्ने

  २०८० जेठ २५ गते १२:२५     विकासन्युज

काठमाडाैं । वन टु वाचले साना तथा मझौला उद्योगहरूलाई सहयोग गर्न एकीकृत स्थानीय विकासका लागि व्यवसाय उत्थान कार्यक्रम (बिल्ड) संचालनमा ल्याएकाे छ ।

वन टु वाच (ओटीडब्लु) ले भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिकाकाे स्थानिय आर्थिक विकासकाे लागि उक्त कार्यक्रम संचालनमा ल्याएकाे हाे ।

वान टु वाच ले संचालनमा ल्याएकाे उक्त कार्यक्रमले निजी क्षेत्रसँग संलग्न हुन नगरपालिकाको क्षमतालाई वृद्धि गराई र एकीकृत स्थानीयका लागि साना तथा मझौला उद्योगहरूबाट उत्पन्न हुने सामाजिक-आर्थिक प्रभावलाई समावेश गर्ने लक्ष्य राखेकाे छ ।

स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअपरेसन प्रोग्राम एसडीसीको सहयोगमा वन टु वाच र सूर्यविनायक नगरपालिकाले संयुक्त रुपमा उक्त कार्यक्रम संचालन गर्नेछन् ।

यस पहलअन्तर्गत सूर्यविनायक नगरपालिकाका साना तथा मझौला व्यवसायीहरुले व्यवसाय विकास सेवा (बिडीएस) मार्फत आफ्नो व्यवसायिक क्षमता अभिवृद्धि गर्ने अवसर पाउनेछन् ।

यसमा सहभागी हुन सूर्यविनायक नगरपालिकामा आफ्नो व्यवसाय दर्ता गरेका उद्यमी र एसएमई संस्थापकहरुले जुलाई १५ सम्म आवेदन दिन पाउनेछन् । आवेदकहरू मध्ये चयन गरिएका २० व्यवसायहरूलाई व्यवसाय विकासका लागि सहयाेग गरिने बताइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.