सिद्धार्थ बैंकको सहयोगमा नि:शुल्क पाठेघरको क्यान्सर जाँच शिविर सम्पन्न

  २०८० जेठ २४ गते १९:२०     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकको सहयोगमा शनिबार नि:शुल्क पाठेघरको मुखको क्यान्सर जाँच शिविर सम्पन्न भएको छ ।

चन्द्रागिरी नगरपालिकाको प्राथमिक अस्पताल थानकोट परिसरमा भएको कार्यक्रममा बैंकसहित नेपाल क्यान्सर केयर फाउण्डेसनको पनि सहकार्य रहेको थियो ।

पाठेघर क्यान्सरको सचेतनाका साथ महिला स्वास्थ्यको सुधारमा पहल गर्दै आयोजना गरिएको उक्त शिविरमा १५८ जना महिलाहरुको पाठेघर परिक्षण गरिएको बैंकले जानकार दिएको छ ।

बैंकले देशैभर १९५ वटा शाखा (५ एक्स्टेन्सन् काउन्टर सहित), ११९ शाखा रहित बैंकिङ्ग सेवा, २२० एटिएम मार्फत् ग्राहकलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.