राष्ट्र बैंकसँग नेष्डो लघुवित्तले हार्यो लाभांश सम्बन्धी मुद्दा

  २०८० जेठ २४ गते १९:००     विकासन्युज

काठमाडौं । नेष्डो समृद्ध लघुवित्तले नेपाल राष्ट्र बैंकसँगकाे मुद्दा हारेको छ ।

लघुवित्तले नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाएर आफुले प्रस्ताव गरेको जति सबै लाभांश वितरण गर्न पाउनु पर्ने माग गर्दै जेठ ५ गते सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो ।

बुधबार न्यायधीशद्वय इश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलाशले उक्त मुद्दाको अन्तरिम आदेश नहुने भन्दै आदेश दिएको हो ।

यसअघि सो रिटमा जेठ ९ गते न्यायधीश सुष्मालता माथेमाको एकल इजलाशले लाभांश घटाउने राष्ट्र बैंकको निर्देशन कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गर्दै अन्तरिम आदेश दिने कि नदिने भन्नेबारे छलफल गर्न दुवै पक्षलाई बोलाएको थियो ।

नेष्डो लघुवित्तले ७३.६८४२ प्रतिशत लाभांश वितरण गर्न गरेको प्रस्तावमा राष्ट्र बैंकले रोक लगाएर १७.९३ प्रतिशत लाभांश मात्र बाड्न निर्देशन दिएको थियो ।

याेसँगै अब कम्पनीले १७.९३४२ प्रतिशत लाभांश मात्र वितरण गर्न पाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.