२०८० जेठ २४ गते १६:१३ विकासन्युज
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ऋणपत्र निष्काशन गर्नका लागि विक्री प्रबन्धकमा हिमालयन क्यापिटललाई नियुक्त गरेको छ । उक्त सम्झौता बुधबार बैंक र क्यापिटलबीच भएको हो ।
सम्झौतामा सिटिजन्स बैकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल तथा हिमालयन क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले हस्ताक्षर गरेका छन् । उच्चतम प्रतिफल सहितको यस ऋणपत्रबाट दिर्घकालिन लगानी कर्ताहरु लाभांन्वित हुने विश्वास लिएको बैंकले जनाएको छ ।
बैंकले १० वर्ष अवधि भएको ‘१० प्रतिशत सिटिजन्स बैंक ऋणपत्र २०८०’ जारी गर्न लागेको हो । बैंकले एक हजार रुपैयाँ अंकित दरमा तीन अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋण पत्र जारी गर्न लागेको हो । उक्त ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकका लागी हिमालयन क्यापिटललाई नियुक्त गरेको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.