२०८० जेठ २४ गते १५:२८ विकासन्युज
काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) दुई अर्ब ३६ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज ६५ लाख ४१ हजार ३८८ कित्ता सेयर किनबेच हुँदा सो रकम बराबरको कारोबार भएको हो ।
आज सबैभन्दा बढी सेयर किनबेच भएको कम्पनीमा सोल्टी होटल लिमिटेड रहेको छ । सोल्टी होटलको आज १० करोड १३ लाख रुपैयाँको सेयर किनबेच भएको हो । यस्तै, दोस्रोमा शिवम् सिमेन्टको आठ करोड ९७ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
नेप्सेको अनुसार आज सेयर बजार ४.६८ अंकले बढेर १०३२।३३ विन्दुमा पुगेको छ । आज युनिक नेपाल लघुवित्त वित्तिय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लागेर कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२३ रुपैयाँले वृद्धि भएको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.