युनाइटेड अजोडको सीईओमा रावल नियुक्त, सेयरधनीलाई उचित प्रतिफल दिने प्रतिवद्धता

  २०८० जेठ २४ गते १५:०९     विकासन्युज

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा श्रवण रावल नियुक्त भएका छन् । नेपाल बीमा प्राधिकरणले रावललाई कम्पनीको सीईओ बन्न स्वीकृति दिएसँगै उनी औपचारिक रुपमा कम्पनीको सीईओ पदमा नियुक्त भएका हुन् ।

साविकको युनाइटेड इन्स्योरेन्स र साविकको अजोड इन्स्योरेन्स मर्जपछि बनेको कम्पनीको सीईओ बन्न प्राधिकरणले उनलाई जेठ २३ गते मात्रै स्वीकृति दिएको हो । मर्जपछि बनेको कम्पनी सञ्चालक समितिले उनलाई सीईओमा नियुक्त गरी स्वीकृतिको लागि बीमा प्राधिकरणमा पेश गरेको थियो । जुन हालै स्वीकृत भएको छ । यससँगै जेठ २३ गतेदेखि नै रावलले कम्पनीको सीईओको जिम्मेवार सम्हालेका छन् ।

यसअघि आईजीआई प्रुडेन्सियलको वरिष्ठ सीईओ रहेका रावल त्यसअघि साविकको प्रुडेन्सियल इन्स्योरेन्सको सीईओ थिए ।

नवनियुक्त सीईओ रावलले अबका दिनमा जिम्मेवारी ठूलो रहेको बताउँदै सेयरधनीलाई उचित प्रतिफल दिने प्रतिवद्धता गरे ।

‘भर्खर मर्जर भएको छ, पोष्ट मर्जरका धेरै काम बाँकी छन्, त्यसपछि बिजनेस वृद्धिमा फोकससँगै सेयरधनीलाई दिने प्रतिफललाई बढी प्राथमिकता दिनेछु,’ विकासन्युजसँग बोल्दै सीईओ रावलले भने ।

सीईओ रावलसँग बीमा क्षेत्रको लामो अनुभव छ । प्रुडेन्सियलमा आवद्ध हुनु अघि उनी सगरमाथा, नेको लगायतका बीमा कम्पनीमा कार्यरत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.