१३ बुँदे माग पूरा नभए अझै आन्दोलन गर्छौं : अध्यक्ष कँडेल

<p>काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले १३ बुँदे माग पूरा नभए अझै आन्दोलन गर्ने बताएका छन् । सहकारी विभाग र नेपाल सहकारी पत्रकार समाजको संयुक्त आयोजनामा भएको सहकारी समस्या र सामाधानका उपाय विषयक अन्तर्क्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । ब्याजदर स्वचालित बनाउनुपर्ने भन्दै उनले भने,&#8217;बैंकको बढ्दा बढ्ने र घट्दा घट्ने वातावरण सिर्जना गर्नु पर्छ ।&#8217; [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले १३ बुँदे माग पूरा नभए अझै आन्दोलन गर्ने बताएका छन् ।

सहकारी विभाग र नेपाल सहकारी पत्रकार समाजको संयुक्त आयोजनामा भएको सहकारी समस्या र सामाधानका उपाय विषयक अन्तर्क्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

ब्याजदर स्वचालित बनाउनुपर्ने भन्दै उनले भने,’बैंकको बढ्दा बढ्ने र घट्दा घट्ने वातावरण सिर्जना गर्नु पर्छ ।’

यस्तै, उनले सरकारले अहिले सहकारीमा कर बढाएर २० प्रतिशतसम्म पुर्याएको बताए । ‘२०५७ अगाडी कर लाग्दैनथ्यो, अहिले नपालिकामा १०, उपमहानगरपालिकामा १५ र महानगरमा सहकारीमा २०५ कर लाग्ने व्यवस्था बजेटले गरेको छ,’ उनले भने ।

Share News