पहिला बचत फिर्ता गराउँछु, त्यसपछि घरजग्गामा लगानी किन गरिस् भनेर कारवाही गर्छु

  २०८० जेठ २४ गते १३:३१     विकासन्युज

काठमाडौं । सहकारी विभागका रजिस्ट्रार नवराज घिमिरेले पहिला बचतकर्ताकाे रकम फिर्ता गराएर घरजग्गामा लगानी गर्ने सहकारीलाई कारवाही गर्ने बताएका छन् ।

सहकारी विभाग र नेपाल सहकारी पत्रकार समाजको संयुक्त आयोजनामा भएकाे सहकारी समस्या र सामाधानका उपाय विषयक अन्तर्क्रिया कार्यक्रममा उनले यस्ताे बताएका हुन् ।

२३ हजार बढी सहकारीहरु स्थानिय तहको नियमनमा राखिँदा संघीय सरकारलाई १२५ वटाको मात्रै जिम्मेवारी दिएकाे कारण समस्या भएकाे उनी बताउँछन् ।

३० हजार सहकारीहरुले वित्तिय कारोबार गरिरहेका बताउँदै उनले भने, ‘यो कल्पनाभन्दा बाहिरको भयो, ७ खर्ब बराबर बचत छ, सहकारीमा वित्तीय अवस्था कमजोर छ, २०/२२ बैंकको लागि राष्ट्र बैंकसँग प्रयाप्त पूर्वाधार छ, तर सहकारीमा त्यो किसिमको पूर्वाधार छैन ।’

सहकारीको ऐन नियमनमा अभियानको डोमिनेसन धेरै रहेकाे र वित्तीय कारोबार गर्ने सहकारीको अनुगमन विभागले नसक्ने उनकाे भनाइ छ ।

यस्तै, उनले शिवशिखरले सहकारी नचलाएर ठगीकाे भाँडाे बनाएकाे बताए । लण्डन वा जुनसुकै ठाउँमा भएपनि राज्यले चाहे फरार रहेका सहकारीका संचालकमहरुलाई पक्राउ गर्न सक्ने उनी बताउँछन् ।

त्यस्तै, मान्छेहरु पैसा चाहिएरभन्दा पनि बचत डुब्ने चिन्ताले सहकारीमा अहिले गइरहेकाे उनकाे धारणा छ । उनले अब सहकारीको डाउनफल सकिएर रिकभरी भइरहेकाे बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.