मेडिसिटी अस्पतालमा साढे २ करोड ठगी, तीन जना पूर्वकर्मचारी पक्राउ

  २०८० जेठ २४ गते १२:४४     विकासन्युज

काठमाडाैं । ललितपुरमा रहेको नेपाल मेडिसिटी हस्पिटलको साढे दुई करोड रुपैयाँभन्दा बढी रकम ठगी भएको छ । अस्पतालको बिलिङ शाखाका ३ कर्मचारीको मिलेमतोमा अस्पतालकै यो रकम ठगी भएको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरले उनीहरुलाई पक्राउ गरिसकेकाे छ । पक्राउ पर्नेमा दोलखा भिमेश्वर नगरपालिका-४ घर भई भक्तपुर ठिमी बस्ने ३४ वर्षीय राघव सापकोटा, ललितपुरको गोदावरी नगरपालिका-११ चापागाउँ बस्ने २९ वर्षीय सनम देशार र काठमाडौं-४ बालुवाटार बस्ने ३४ वर्षीय आशिष अर्याल छन् ।

उनीहरुले बिरामीसँग बिल अनुसारकै रकम लिने र कम्युटरमा कम बिल इन्ट्री गर्ने गरेको खुलेको छ । यसरी उनीहरूले दुई करोड ६३ लाख ५५ हजार १ रुपैयाँ ठगी गरेको पाइएको प्रहरीले जनाएको छ।

उनीहरुले अस्पतालमा प्रयोग हुँदै आएको शुक्र नामको एचएमआइएस सफ्टवेयरको दुरुपयोग गरी रकम ठगी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.