वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिपब्लिक मिडियाको आईपीओ बाँडफाँट

<p>काठमाडौं । नेपाल रिपब्लिक मिडियाले बैशाख ३१ गतेदेखि जेठ १४ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री खुला गरेको आईपीओ बाँडफाँट गरिएको छ । बुधबार बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्सको कार्यालयमा सेयर बाँडफाँट गरिएको क्यापिटलका कायमुकायम प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठले जानकारी दिए । कम्पनीले जारी पूँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९ प्रतिशत अर्थात् ४३ [&hellip;]</p>

काठमाडौं । नेपाल रिपब्लिक मिडियाले बैशाख ३१ गतेदेखि जेठ १४ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री खुला गरेको आईपीओ बाँडफाँट गरिएको छ ।

बुधबार बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्सको कार्यालयमा सेयर बाँडफाँट गरिएको क्यापिटलका कायमुकायम प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठले जानकारी दिए ।

कम्पनीले जारी पूँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९ प्रतिशत अर्थात् ४३ करोड ५३ लाख रुपैयाँको ४३ लाख ५३ हजार कित्ता सेयरमध्ये सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारी गरिरहेका नेपालीहरुलाई ४ लाख ३५ हजार ३ सय कित्ता बिक्री गरिएको थियो ।

क्यापिटलका अनुसार २० हजार ७८५ जना आवेदकलाई १० कित्ताका दरले कुल २ लाख ७ हजार ८५० कित्ता सेयर वितरण गरिएको छ ।

साथै, बाँकी रहेको २ लाख २७ हजार ४५० कित्ता सेयर २० देखि ५ सय कित्ता आवेदन दिने १६ हजार ५९५ जना आवेदकलाई थप १० कित्ताका दरले कुल १ लाख ६५ हजार ९५० कित्ता सेयर बाँडफाँट गरिएको मार्केटिङ्ग डिपार्टमेन्ट हेड गिरिराज पोखरेलले बताए ।

यस्तै, ३० देखि ५ सय कित्तासम्म आवेदन १२ हजार १११ जना आवेदकलाई न्यूनतम १० कित्ता बाँडफाँट गर्न नपुग हुने हुदाँ गोला प्रथाबाट न्यूनतम १० कित्ता बाँडफाँट हुने गरी ६ हजार १५० सफल आवेदक छनौट गरी बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ ।

कम्पनीको आइपीओ सिडिएसले संचालन गरेको बेवसाइट https://iporesult.cdsc.com.np/ र बिक्री प्रबन्धक मेगा क्यापिटलको बेवसाइट https://megacapitalmarkets.com/ बाट हेर्न सकिनेछ ।

Share News