सेल्सवेरीद्वारा अनलाइन प्लेटफम ‘इकमर्स’ संचालनमा

  २०८० जेठ २४ गते ११:५७     विकासन्युज

काठमाडौं ।  सेल्सवेरी डिपार्टमेन्ट स्टोर्सले अनलाइन प्लेटफर्म इकमर्स सार्वजनिक गरेको छ । सेल्सवेरीका सिइओ सुशिलमान प्रधानाङले सोमबार पत्रकार सम्मेलन गरि सो अनलाइन प्लेटफम ‘इकमर्स’  सार्वजनिक गरेका हुन् ।

यससँगै सेल्सवेरीले विभिन्न अफर पनि सार्वजनिक गरेको छ । अफर अन्गर्तत ५ हजाभन्दा बढीको सामन किनेमा फ्रि डेलिभरी को सुविधा ग्राहकले पाउनेछन् भने रिफर एण्ड अर्न अफर पनि सेल्सवेरीले ल्याएको छ जसमा सेल्सवेरीको साइट मार्फत लग इन गरि युजर आइडी बनाई रिफर कोड प्राप्त गरि क्वाइन कलेक्ट गर्न सकिने छ ।

सो प्लेटफर्ममार्फत घरायसी सामान, खाद्य सामग्री लगायतका ४ हजारभन्दा धेरै सामान खरिद गर्न सकिने जनाइएको छ । ग्राहकले काठमाडौंमा रहेका सितापाइला, सातदोवाटो, महाराजगंजबाट र पोखराको चिप्लेढुङ्गाबाट होम डेलिभरीको सुविधा प्राप्त गर्न सक्नेछन् । भुक्तानीका लागि फोन पे, क्यास अन डेलिभरी, इ सेवा, कार्ड पेमेन्ट लगायतका सुविधा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.