पानी नभएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पढाइ स्थगित

  २०८० जेठ २४ गते १०:४५     विकासन्युज

काठमाडौं । पिउने तथा प्रयोग गर्ने पानीको अभाव भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पढाइ स्थगित भएको छ । प्रतिष्ठानले मंगलबार एक सूचना जारी गर्दै पानीको अभाव भएको कारणले दन्त चिकित्सा दोस्रो वर्ष बाहेक सबै कक्षाहरु जेठ ३० गते सम्म स्थगित भएको जनाएको हो ।

प्रतिष्ठानका एकेडेमिक एसिस्टेन्ट डिन डा. भिम्मी सिंहका अनुसार पूर्व तालिकमा रहेका सबै कक्षाहरु स्थगित गरिएको छ । पानीको समस्या भएपछि केही दिन अगाडि देखि विद्यार्थीहरुले आवाज उठाउँदै आएका थिए, तर प्रतिष्ठानले पानीको आवश्यक आपूर्ति गर्न सकेन ।

दैनिक हजारौं लिटर पानी चाहिने प्रतिष्ठानमा पानीको अभावले उपचार समेत प्रभावित हुन सक्ने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.