काठमाडौं । इजी सर्भिस नेपालले ९९९ रुपैयाँमा नै एसी इन्टलेसन गर्ने सुविधा ल्याएको छ ।
एयर कण्डिसनर एसी जडान गर्नलाई एलजी, सामसङ, पानासोनिक, टिसीएल, वाल्ट्रा, माइडिया, अक्स, भोल्टाज, लगायतका ब्राण्डहरूको एसी जडान गर्नलाई अब मात्र ९९९ रुपैयाँ लाग्ने भएको कम्पनीले जनाएको छ ।
यसैगरी कम्पनीले वार्षिकरुपमा एसी मर्मत संभार गर्नका लागि एएमसी अर्थात वार्षिक शुल्क ४९९ रुपैयाँमा नै एसी मर्मत गरिदिने उल्लेख गरेको छ।
हाललाई यो सुविधा काठमाडौं उपत्यकाको लागी मात्र रहेको छ भने पछि अन्य सहरहरूमा पनि विस्तार गरिदै लगिने कम्पनीका सर्भिस म्यानेजर सुमन सिंहले बताए ।
इजी सर्भिस नेपाल इलेक्ट्रोनिन्स कन्सर्न एण्ड रिसर्च सेन्टर ईसीआरसीद्वारा संचालित र अधिनमा रहेको छ। ईसीआरसीले देशभर पानासोनिक, वाल्ट्रा, वेबर, यासुदा, सानसूई लगायत विभिन्न ब्राण्डको आधिकारीक सर्भिस सेन्टर चलाईरहेको छ।
साथै, कम्पनीले हाल टिभी, एसी, वासिङ्ग मेसिन, रेफ्रिजेरेटर, माईक्रो ओभन, कोल्ड रूम, लगायतका इलेक्ट्रोनिक्स तथा समानहरुको मर्मत तथा जडान गर्ने कार्य गरिराखेको छ। यसको लागि कम्पनीका देशभरी नै ३५ ओटा लोकेसन र १२० जना भन्दा वढी टेक्निसियन र इन्जिनियरमार्फत सेवा प्रदान गरिराखेको छ।