वुलिंगकाे इभी कार किन्दा इलेक्ट्रिक साइकल उपहार

  २०८० जेठ २३ गते १४:१८     विकासन्युज

काठमाडौं । बज्र ग्रुप अन्तर्गतको कम्पनी ईभी नेपाल मोटर्सले वुलिङ ब्राण्डको इलेक्ट्रिक कारमा उपहार याेजना ल्याएकाे छ ।

कम्पनीले वुलिंगकाे इभी कार खरिद गर्ने ग्राहकलाई ग ६० किमी माइलेज दिने बोस्च मोटर्स भएको सामसङको ब्याट्री भएको इलेक्ट्रिक साइकल नि:शुल्क पाउने उपहार याेजना ल्याएकाे हाे ।

इन्डोनेसिन कार वुलिंग हाल नेपाली बजारमा २०० र ३०० किमिको रेन्जमा उपलब्ध छ ।

जेठ २३ गते मंगलबारबाट सुरु भएकाे याे याेजना वुलिंग इलेक्ट्रिककाे नक्साल, भक्तपुर राधेराधे र भैसेपाटीमा भएकाे शोरुममा सम्पर्क गर्न सकिने कम्पनीले जानकारी दिएकाे छ ।

बज्र ग्रुपले नेपालमा ३१ वर्षदेखी विश्वको विभिन्न प्रसिद्ध ब्राण्ड बिक्री तथा वितरण गर्दै आएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.