एकैदिन ९ सयले बढ्यो सुनको मूल्य

  २०८० जेठ २३ गते ११:५२     विकासन्युज

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ९ सयले बढेको छ ।

नेपाली सुनचाँदी व्यवसायीका अनुसार आज बढेको मूल्य अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै, आज चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । आज बढेको मूल्य अनुसार चाँदीको मूल्य तोलामा १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.