वातावरण दिवसको अवसर बीवाइडीद्वारा वृक्षारोपण (फोटोफिचर)

  २०८० जेठ २२ गते १७:५६     विकासन्युज

काठमाडौं । बीवाइडीका लागि नेपालको आधिकारिक विक्रेता साइमेक्स इंकले १५ सय रूखका बिरुवा रोप्ने भएको छ । जस अन्तर्गत आज वातावरण दिवसको अवसर पारेर कम्पनीले २ सय बिरुवा रोपेको छ ।

साइमेक्स इंक कम्पनीका अनुसार बाँकी १३०० बिरुवा आगामी १५ दिन भित्रमा रोप्ने तालिका रहेको छ । बीवाइडीले चखण्डो सामुदायिक वनमा सो बिरुवा रोपेको हो ।

साइमेक्स इंकले ‘बिल्डिङ ड्रिम्स एण्ड फरेस्ट’ नामक अभियानको अन्तर्गत वृक्षारोपण गरिएको हो । यस अभियानमार्फत कम्पनीले २०६२ सालमा अवैध बालुवा उत्खनन र वन फँडानीको शिकार भएको सामुदायिक वनको पुनःस्थापना र पुनरुत्थान गर्ने लक्ष्य राखेको जनाएको छ ।


विश्वको सबैभन्दा प्रदूषित सहरको सूचिमा परेको काठमाडौंलाई यो अभियानले ८२७ टन अक्सिजन उत्पादन गर्ने र ३१० टन कार्बन भण्डारण गरेर याेगदान पुर्याउने प्रक्षेपण गरेको कम्पनीले जनाएको छ ।

साइमेक्स इंककी प्रवन्ध निर्देशक यमुना श्रेष्ठले चखण्डोल सामुदायिक वन क्षेत्रको पुनर्स्थापना गर्ने गरी मिलेर काम गर्न पाउँदा आफूहरू हर्षित भएको कुरा व्यक्त गरिन् ।  ‘दिगो अभ्यास र सामुदायिक संलग्नताको लाभ उठाएर हामी काठमाडौंका जनताका लागि हरियाली र स्वस्थ वातावरण सिर्जना गर्ने लक्ष्य राख्छौं,’ उनले भनिन् ।

वन तथा वातावरण मन्त्री डा. वीरेन्द्र प्रसाद महतो तथा कलाकार हरिवंश आचार्यको पनि वृक्षारोपणमा सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.