सेयर कारोबारमा सुधार, शिवमपछि आइजीआई प्रुडेन्सियलको सर्वाधिक किनबेच

  २०८० जेठ २२ गते १५:२९     विकासन्युज

काठमाडौं । सोमबारको सेयर बजारमा शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कारोबारमा आएका २७७ वटा स्क्रीप्समध्ये शिवम् सिमेन्टको सबैभन्दा बढी कारोबार भएको हो ।

एकैदिन कम्पनीको १९ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार रकमसँगै कारोबार कित्ता र संख्याको आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ । कम्पनीको दिनभरमा एक हजार ९३८ पटकको कारोबारमा ४ लाख १४ हजार ६१६ कित्ता सेयर किनबेच भएका छन् ।

त्यस्तै, सोमबार सर्वाधिक कारोबार गर्ने सूचीमा शिवम् पछि आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स रहेको छ । इन्स्योरेन्सको एकैदिन ९ करोड ९८ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएका छन् ।

समग्रमा सोमबारको बजारमा कारोबार रकम बढेको छ । आइतबार एक अर्ब ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा सोमबार एक अर्ब ९७ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।

कारोबार रकम बढेको बजारमा नेप्से परिसूचक भने घटेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक १७.३८ अंकले घटेर १९०१ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.९१ प्रतिशतले घटी हो ।

बजारमा रिभर फल्स पावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतितशत अर्थात २६.८० रुपैयाँले बढेर प्रतिकित्ता २९४.८० रुपैयाँमा किनबेच भएको छ ।

यता टप लुजरको शीर्ष स्थानमा शिवम् सिमेन्ट देखिएको छ । सर्वाधिक कारोबार भएको कम्पनीको सेयर मूल्य भने ४.५० प्रतिशत अर्थात २१.९० रुपैयाँले घटेर प्रतिकित्ता ४६५ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

त्यस्तै, सोमबार कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । जसमध्ये पनि जीवन बीमा समूह सबैभन्दा बढी अर्थात १२४ अंकले घटेर राताम्मे देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.