मार्क्यु : नेपालकै पहिलो अन्तराष्ट्रिय बाइक राइड

  २०८० जेठ २२ गते १४:०१     विकासन्युज

काठमाडौं ।  एओजी ग्रुपले पहिलो अन्तर्राष्ट्रिय मार्क्यु राइडको आयोजना गर्दै आफ्नो उपस्थितिलाई नयाँ उचाइमा पुर्‍याउन सफल बनेकाे छ ।

‘राइड टु ओरिजिन’ उद्देश्य लिएर भारतको माइसोरमा रहेको टिभिएसको फ्याक्ट्री सम्म पुग्‍ने लक्ष्य राखेको मार्क्यु राइडमा १० जना नेपाली राइडरहरुको सहभागिता रहेको थियो । राइडमा सहभागी हुने राइडरहरु बाइकिङ संस्कृतिलाई अघि बढाउनका निम्ति भ्लग र अन्य माध्यबाट सक्रिय युवाहरु थिए भने राइडका लागि टिभिएस अपाचे सिरिजका १६०, २०० र ३१० सिसिका मोटरसाइकको प्रयोग गरिएको थियो ।

फागुन ११ गतेबाट सुरु भएको उक्त अपाचे ओनरस् ग्रुप एओजीको माक्र्यु राइडमा नेपाल लगायत, भारत र बंगलादेशका थुप्रै राइडरहरु सहभागीता जनाएका थिए ।

फागुन ११ गते काठमाडौं बाट रक्सौल हुँदै भारत प्रवेश गरेर सुरु भएको २२ दिने लामो त्यस यात्राका राइडरले भारतको प्रख्यात मोटो सोल नामक कार्यक्रममा सहभागिता जनाउने र भारतमै रहेको टिभिएसको फ्याक्ट्री को पनि भ्रमण गर्ने पनि मौका पाए ।

यस कार्यक्रमका लागि काठमाडौं देखि गोवा सम्म अपाचे राइडरहरूसँग टिभिएस नेपाल जगदम्बा मोटर्स टोली सहभागी भएकामा म उत्साहित छु। यो पहिलो अपाचे ओनर्स ग्रुप अन्तर्राष्ट्रिय राइड हुनेछ, जहाँ राइडर्सले २० दिनमा ७ हजार किलोमिटर भन्दा बढी दुरीको यात्रा तय गर्नेछन् ।

यसले हाम्रो सबैभन्दा सफल प्रिमियम बाइक टिभिएस अपाचे प्रतिको राइडरहरुको प्रेम र विश्वासलाई साथै उनीहरु भित्र रहेको हिम्मतलाई प्रस्ट पार्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.