वातावरण दिवस सन्दर्भ : लिपिष्टिकको माइक्रोप्लाष्टिक खाँदा आनुवंशिक उत्परिवर्तन हुने खतरा

  २०८० जेठ २२ गते १५:१८     विकासन्युज

काठमाडौं । विश्वभरी नै दिनप्रतिदिन प्रदूषण बढीरहेको छ । हरेक वर्ष विश्वमा ४३० मिलियन टन भन्दा धेरै प्लाष्टिक पैदा हुने गरेको छ । यो मध्ये पोलिथिन ब्याग लगायत दुई तिहाई प्लाष्टिक छिट्टै नै नष्ट भएर जान्छ । प्लाष्टिक प्रदुशणको मुख्य स्रोत भनेको माइक्रोप्लाष्टिक हो, जुन मानिस र पृथ्वी दुबैको लागि निकै खतरनाक मानिने गरेको छ ।

माइक्रोप्लाष्टिक छोटो भाग जुन दैनिक जीवनमा प्रयोग हुने कपडा, चुरोट, सौन्दर्य सामग्री लगायतमा प्लाष्टिकको सानो कणको रुपमा प्रयोग गरिएको हुन्छ । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (युएनइपी)का अनुसार यी वस्तुहरुको प्रयोगले वातावरणमा ठूलो मात्रामा प्लाष्टिक बढिरहेको छ ।

माइक्रोप्लाष्टिकले कसरी खतरा पैदा गर्छ ?

माइक्रोप्लाष्टिकको ब्यास डायमिटर पाँच मिलिमिटर सम्म हुन सक्छ । प्लाष्टिक उत्पादन गर्ने कारखानाबाट चुहावट भएर वा पाइप सफा गर्ने क्रममा यो पानीको माध्यमबाट समुद्रसम्म पुग्ने गर्छ । यसले प्रकृतिको खाद्य श्रृंखलालाई प्रत्यक्ष रुपमा असर गर्छ । चरा, माछा वा समुद्री जीवहरुले माइक्रोप्लाष्टिकलाई खाएपछि यसले ती जीव तथा जनावरहरुमा विषाक्त र यान्त्रिक प्रभावहरु देखाउन थाल्दछ ।

यसका कारण ती जीवहरुलाई कम भोक लाग्ने समस्या सिर्जना हुन्छ । यसले ती जीवहरुको व्यवहार र आनुवंशिक उत्परिवर्तन समेत गराउने काम गर्छ । कहिलेकाहीँ सास फेर्न समस्या हुने समेत हुन्छ । मानिसहरुले नदीजन्य वा समुद्री जीवहरुको खानाको रुपमा खाँदा ती माइक्रोप्लाष्टिकहरु मानिसको शरिरमा समेत प्रवेश गर्छन् । खाना खाँदा, सास फेर्दा र कहिलेकाहीँ हाम्रो छालाले समेत माइक्रोप्लाष्टिलाई लिने काम गर्छ । पछिल्लो समयमा यस्ता माइक्रोप्लाष्टिक मानिसहरुको विभिन्न अंग र नवजात शिशुहरुको नालमा पनि प्राप्त हुन थालेको छ ।

महिलाहरुको लागि थप खतरनाक
युएनइपी २०२१ को प्रतिवेदन ‘पोल्युसन टु सोलुसन’ मा माइक्रोप्लाष्टिकमा पाइने रसायनहरुले मानिसको स्वास्थ्यमा खासगरी महिलाकाे स्वास्थ्यमा नराम्रो असर गर्छ । यसले मानव आनुवंशिकी, स्वास्सप्रश्वासको गति र मानसिक विकासमा प्रत्यक्ष प्रभाव पार्छ ।

युएनइपीको मरिन एन्ड फ्रेसवाटर ब्रान्चकी प्रमुख लेटिसिया कार्भाल्होले माइक्रोप्लाष्टिक तथा यसको रसायनहरुले मानिस र समुद्री जीवहरुलाई निम्त्याउने खतरा भर्खरै शुरु भएको बताएकी छन् । यसलाई फैलिनबाट रोक्न सकिने तर त्यसका लागि सो दिशामा काम गर्नुपर्ने उनको भनाइ छ । यसो गर्दा मानिसको स्वास्थ्य सहित जैविक विविधतामा पनि ठिक हुने उनले बताएकी छन् ।

समुद्र किनारमा सिगरेटको फोहोर सेल्युलोज एसीटेट सबैभन्दा धेरै पाइने गरेको छ । संसारमा हरेक वर्ष एक सय करोड मानिसले छ लाख करोड चुरोट पिउने गर्छन् । चुरोटको फोहोरले समुद्री जैविक विविधतामा धेरै ठूलो संवेदनशील असर गरेको छ ।

महासागरहरुमा नौ प्रतिशत माइक्रोप्लाष्टिक कपडाबाट आउने गरेको छ । खासगरी पोलिस्टर, नाइलन, एक्रिलिकबाट बनेको कपडामा प्लाष्टिकको मात्रा समावेश गर्ने गरिएको हुन्छ । विश्वको कपडा–टेक्सटाइल बजारमा यस्ता कपडाको हिस्सा ६० प्रतिशत रहने गरेको छ । यी कपडाहरु धुँदा वा लगाउँदा पनि यसबाट माइक्रोप्लाष्टिक बाहिर आउने गर्दछन् । यो प्रकारको प्रदूषणबाट बच्न पोलिस्टर, नाइलन र एक्रिलिकबाट बनेका कपडा कम धुन सकिन्छ भने प्राकृतिक वस्तुबाट बनेका कपडाहरु किनेर पनि कम गर्न सकिन्छ ।

सौन्दर्य सामग्रीमा प्लाष्टिक
सौन्दर्य सामग्रीहरुमा मिसाउनको लागि माइक्रोप्लाष्टिकहरु विशेष प्रकारले तयार गरिन्छ । माइक्रोप्लाष्टिकहरु साबुन, टुथपेस्ट, लगायत श्रृंगार सामग्रीहरुमा माइक्रोप्लाष्टिक मिसायर फिनिसिङ गर्ने गरिन्छ ।

यस्ता सामग्रीहरु प्रयोग गर्दा प्लाष्टिकका स–साना टुक्राहरु सिधै हाम्रो छालामा जान्छन् । लिपिस्टक र लिपबाममा पनि माइक्रोप्लाष्टिक प्रयोग गरिएको हुन्छ, जसको प्रयोग गर्दा माइक्रोप्लाष्टिक सिधै हाम्रो पेटमा पुग्छ ।

ग्लोबल केमिकल्स आउटलुक २ रिपोर्टले सौन्दर्य प्रशाधनहरुमा एक्सफ्लोएटिङ एजेन्ट मध्ये १० प्रतिशत भन्दा धेरै माइक्रोबीड्स प्रयोग गरिएको हुन्छ । यसबाट बच्नको लागि थोरै भन्दा थोरै कस्मेटिक सामग्रीको प्रयोग गर्नुपर्छ, न्यूनतम माइक्रोबिड्स प्रयोग गरिएका उत्पादनहरु खरिद गर्नुपर्छ । एजेन्सीको सहयोगमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.