ग्यालेरी टेस्ट : अब एक रगत परीक्षणबाट ५० प्रकारको क्यान्सर पहिचान गर्न सकिने

  २०८० जेठ २१ गते १६:०३     विकासन्युज

काठमाडौं । क्यान्सर विश्वव्यापी रुपमा बढ्दो घातक समस्या मध्ये एक हो । जसको कारणले हरेक वर्ष लाखौं मानिसको ज्यान जाने गरेको छ । समयमा नै समस्याको पहिचान गर्न सकेमा क्यान्सरबाट हुने मृत्युदर घटाउन सकिने अनुसन्धानकर्ताहरुको भनाइ छ । यसका लागि लक्षणहरु पहिचान गरी समयमा नै जाँच गराउनु आवश्यक हुन्छ ।

क्यान्सरको अनुसन्धानको विषयमा वैज्ञानिकहरुले ठूलो सफलता हासिल गरेका छन् । ल्यान्सेट जर्नलमा प्रकाशित रिपोर्टमा अनुसन्धानकर्ताहरुले रगतको ग्यालेरी टेस्टका विषयमा जानकारी दिएका छन् । जसको सहयोगमा ५० प्रकारको क्यान्सर पत्ता लगाउन सकिन्छ । यो खोजलाई क्यान्सरलाई समयमै निदान गर्ने दिशामा ठूलो सफलताको रुपमा हेरिएको छ । अनुसन्धानको शुरुवाती चरणमा यसको उत्तम देखिएको अनुसन्धानकर्ताहरुले जनाएका छन् ।

ग्यालेरी रगत परीक्षण
वैज्ञानिकहरुले यस रगत परीक्षणको विधिलाई ग्यालेरी रगत परीक्षणको नाम दिएका छन् । इङ्ल्यान्ड र वेल्समा यो रगत परीक्षण क्यान्सर भएका व्यक्तिहरुमा गरिएको थियो । त्यस्ता करिब पाँच हजार व्यक्तिमा परीक्षण गर्दा प्रत्येक तीन मध्ये दुई जनामा क्यान्सरको सही पहिचान भएको उल्लेख गरिएको छ ।

यस परीक्षणबाट आगामी दिनमा क्यान्सरको जोखिम सजिलै पत्ता लगाउन सकिने र क्यान्सरका कारण हुने मृत्युदरलाई कम गर्न सहयोगी हुने वैज्ञानिकहरुको अपेक्षा रहेको छ ।

के भन्छन् अनुसन्धानकर्ता ?
ग्यालरी ब्लड टेस्टका प्रमुख अनुसन्धानकर्ता मार्क मिडलटनले मिडिया रिपोर्टलाई क्यान्सर अझै पनि गम्भीर र जटिल समस्या भएको बताएका छन् । बिमारीलाई कुन प्रकारको परीक्षण चाहिन्छ भनेर एकैपटकमा स्पष्ट हुन सकिँदैन । उनका अनुसार सो प्रकारको रगत परीक्षणले क्यान्सरका लक्षणहरु सजिलै पहिचान गर्न सकिन्छ ।

क्यान्सर रिसर्च युकेका डा. डेभिड क्रस्बी भन्छन्, ‘अध्ययनको निष्कर्षले यो बताएको छ की परीक्षणको प्रयोगले क्लिनिकल मूल्यांकन गर्न मद्दत गर्न सक्छ, यद्यपी यसको धेरै पक्षहरुको विषयमा अनुसन्धान भइरहेको छ, यो परीक्षण क्यान्सरको निदानमा महत्वपूर्ण बन्ने अपेक्षा गरेका छौं ।’

एजेन्सीको सहयोगमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.