तोलामै १७ सयले घट्यो सूनको मूल्य

<p>काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा १७ सयले घटेको हो । नेपाली सुनचाँदी व्यवसायीका अनुसार आज घटेको मूल्य अनुसार छापावाल सुन तोलामा १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा १७ सयले घटेको हो ।

नेपाली सुनचाँदी व्यवसायीका अनुसार आज घटेको मूल्य अनुसार छापावाल सुन तोलामा १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै, आज चाँदीको मूल्य २० रुपैयाँले घटेको छ । चाँदीको मूल्य तोलामा १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Share News