काठमाडौं । विद्युतिय गाडी उत्पादक कम्पनी बिवाइडीले ब्याट्री व्यवस्थापना कम्पनी निरन्तर लागि परेको बताएको छ ।
कम्पनीको नेपालको लागि एक मात्र आधिकारीक वितरक साइमेक्स इंकले शुक्रबार एक विज्ञप्ती जारी गर्दै यस्तो बताएको हो । विद्युतीय साधनको ब्याट्री व्यवस्थापना सबैभन्दा चुनौती पूर्ण मान्ने गरिन्छ ।
सवारीसाधनबाट निस्कने पुराना ब्याट्रीको उचित व्यवस्थापनको कयौं तरिका रहेको बताउँदै कम्पनी भन्छ,’पावर ब्याकअप गर्नेदेखि पूर्णरुपमा ड्रेन भएको ब्याट्री रिसाइकलको लागि बाहिर पठाउने विषयमा हामीले सम्पूर्ण तयारी गरेर बसेका छौं ।’
‘यसले भविष्यमा हुनसक्ने ब्याट्रीको डम्पिङ साइटबाट नेपाललाई बचाउने हाम्रो विश्वास छ,’ विज्ञप्तीमा लेखिएको छ ।
कम्पनीले आफ्नो हरेक गाडीबाट निस्कने लिथियम आयोन ब्याट्रीको उचित व्यवस्थापन गर्न सक्षम रहेको बताउँदै सम्पूर्ण ग्राहकलाई ढुक्क भएर आफ्नो उत्पादनको प्रयोग गर्न आग्रह गरेको छ ।