रियलमी नार्जी एन ५५ र एन ५३ सार्वजनिक, कति पर्छ मूल्य ?

  २०८० जेठ १९ गते १८:२८     विकासन्युज

काठमाडौं । रियलमीले नेपालमा आफ्ना नयाँ दुईवटा स्मार्टफोन मोडलहरु नार्जी एन ५५ र नार्जी एन ५३ सार्वजनिक गरेको छ।

कटिङ एज फिचरहरु, स्लिक डिजाइन र शक्तिशाली पर्फर्मेन्सयुक्त यी फोनहरुले नेपाली नयाँ पुस्ताको मन जित्ने कम्पनीकाे दावी छ ।

फाेन सार्वजनिक कार्यक्रममा रियलमीका कन्ट्री हेड मुनिष गिरीले  नेपालमा स्मार्टफोनको नयाँ लाइनअप ल्याएको घोषणा गर्न पाउँदा मलाई खुशी लागेको बताइन् । नर्जी एन ५३ रियलमीको अहिले सम्मकै सबैभन्दा स्लिम एन्ट्री लेभल अल राउन्डर भएकाे उनले बताइन् ।

‘यो फोन जति स्लिम छ त्यति नै शक्तिशाली पनि छ, अर्कोतर्फ, रियलमी नाज एन ५५ ले नेक्स्ट जेन पावरहाउसको रूपमा स्मार्टफोन अनुभवलाई अझ शान्दार बनाउँछ, अत्याधुनिक टेक्नोलोजी र असाधारण प्रोसेसिङ पावरको साथ यसले बिजुली चम्केको गतिमा पर्फम गर्छ र मल्टिटास्किङ गर्न पनि धेरै सजिलो बनाउँछ,’ उनले भनिन् ।

यि दुवै स्मार्टफोनहरू देशभरका अनलाइन र आधिकारिक विक्रेताहरू मार्फत उपलब्ध हुनेछन् उनले बताइन् ।

४ं६४ जीबी स्टोरेज क्षमता भएको नार्जी ५३ मोडलको मूल्य १५ हजार ९९९ रुपैयाँ र ६ं१२८ भेरियन्टको मूल्य १८ हजार ९९९ रुपैयाँ रहेको छ । त्यसैगरी, ४ं६४ जीबी स्टोरेजसहितको नार्डो एन ५५ को मूल्य २० हजार,४९९ रुपैयाँ र ६ं१२८ भेरियन्टको मूल्य २४ हजार ४९९  रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.