सिप्रदीयन सहायता संस्थाद्वारा तेन्जिङ्ग हिलारी एभरेष्ट म्याराथनका विजेतालाई सम्मान

  २०८० जेठ १९ गते १२:१३     विकासन्युज

काठमाडौं । सिप्रदीयन सहायता संस्थाले तेन्जिङ्ग हिलारी एभरेष्ट म्याराथनका विजेतालाई सम्मान गरेको छ ।

सिप्रदीयन सहायता संस्थासंग सहकार्य गर्दै आएको कर्णाली स्पोर्टस क्लबका खेलाडी मञ्जु रावत र दल बहादुर कुँवरलाई तेन्जिङ्ग हिलारी एभरेष्ट म्याराथन २०२३ महिलातर्फ प्रथम र पुरुषतर्फ दोस्रो स्थान प्राप्त गर्न सफल भएकोमा सम्मान स्वरुप नगद पुरस्कार हस्तान्तरण गरेको छ ।

सिप्रदी कम्पनीजको सामाजिक उत्तरदायित्तव संस्था सिप्रदीयन सहायता संस्थाले हालै सम्पन्न तेन्जिङ्ग हिलारी एभरेष्ट म्याराथन २०२३ का विजेताहरु धाविका मञ्जु रावत र धावक दल बहादुर कुँवरलाई एक कार्यक्रम माझ सम्मान स्वरुप नगद पुरस्कार हस्तानतरण गरेको छ ।

म्याराथनमा महिलातर्फ प्रथम हुन सफल भएकी धाविका मञ्जु रावतलाई सम्मान स्वरुप ७५ हजार रुपैयाँ प्रदान गरिएको थियो भने पुरुषतर्फ दोस्रो स्थान प्राप्त गर्न सफल भएका दल बहादुर कुँवरलाई ५० हजार प्रदान गरिएको थियो । कार्यक्रममा सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहल, उपाध्यक्ष राजन बावु श्रेष्ठ, महासचिव राजेश प्रसाद गिरी र कोषाध्यक्ष सौरभ राज थापालियाले विजेताहरुलाई बधाई दिदै नगद पुरस्कार प्रदान गरेका थिए ।

खेलकुद क्षेत्रको विकास र खेलाडीहरुको क्षमता बृद्धि गर्ने उद्देश्यले सिप्रदीयन सहायता संस्थाले विजेताहरु आबद्ध रहेको कर्णाली स्पोर्टस क्लबसँग विगत २ वर्षदेखि सहकार्य गर्दै आएको छ । अल्ट्रा म्याराथन दौड तालिमका लागि जेहिन्दर र मेहनती खेलाडीहरु छनोट गरि प्रशिक्षणका लागि आवश्यक सामग्री तथा पौष्टिक आहारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्दै आइरहेको छ ।

संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहलका अनुसार, ‘आज हामी यहाँ खेलाडी विजेताहरुको साथै उनीहरुलाई प्रत्यक्ष रुपमा दैनिक प्रशिक्षणमा योगदान पुर्याउने गिनिज बूक अफ वल्र्ड रेकर्ड होल्डर हरी बहादुर रोकायालाई पनि परिश्रम र समर्पणको लागि धन्यवाद दिन चाहन्छौँ । प्रशिक्षकको अथक प्रयास, खेलाडिहरुको कठोर मेहनतमा आर्थिक सहयोग गरेर आज यो जितसंग आबद्ध हुन पाउँदा हामी गौरवान्वित छाै‌ र भविष्यमा पनि सिप्रदीयन सहायता संस्थाले जेहिन्दर र मेहनती खेलाडीहरुको हितमा काम गर्नेमा म विश्वस्त छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.