कृषि विकास बैंकको विज्ञापन आह्वान, माग्यो १७९ जना कर्मचारी

  २०८० जेठ १९ गते ७:३८     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । नवौँदेखि चौथो तहसम्मका लागि बैंकले आवेदन माग गरेको हो ।

बैंकले विभिन्न पदमा रिक्त रहेकोमा १७९ जनाका लागि आवेदन आह्वान गरेको हो । आजदेखि असार ७ गतेसम्म अनलाइनमार्फत् आवेदन दिन सकिने बैंकले जनाएको छ ।

बैंकले वरिष्ठ शाखा प्रमुख (नवौं तह) १ जना, शाखा प्रमुख (८ औं तह) ४ जना, वरिष्ठ लेखा अधिकृत ¬(सिए, ७औं तह) ६ जना, वरिष्ठ इन्जिनियर आईटी (७ औं तह) १ जना, छैटौं तहका व्यवसाय अधिकृत ३८ जना, व्यवस्थापन सूचना प्रणाली अधिकृत ३ जना, कानुन अधिकृत २ जना, इन्जिनियर आईटी १ जना, कर्जा अधिकृत ९ जना मागेको छ ।

यस्तै, पाँचौं तह अन्तर्गत व्यवसाय सहायक ३६ जना, ऋण सहायक ६ जना र चौंथो तह अन्तर्गत लेखापाल ७२ जना कर्मचारी मागेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.