नबिल बैंकले डिजिटलसँगै भौतिक विस्तारमा पनि जोड दिएको छ : डीसीईओ शाक्य

  २०८० जेठ १८ गते १२:३६     विकासन्युज

काठमाडौं । नबिल बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सुजित शाक्यले बैंकको डिजिटल विस्तारसँगै भौतिक उपस्थिती पनि आवश्यक रहेको बताएका छन् । बिहीबार ३८ वटा नयाँ शाखा कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उनले बैंकको डिजिटलसँगै भौतिक विस्तारमा जोड दिएको बताएका हुन् ।

नबिल बैंकले बिहीबारदेखि ३८ बसन्त पार गरेको अवसरमा ३८ वटा शाखा विस्तार गरेको हो । थप ३८ वटा शाखासहित बैंकको कूल २५५ वटा शाखा कार्यालय पुगेको उनले जानकारी दिए ।

‘नेपाल बङ्गलादेश बैंक (एनबि)लाई प्राप्ति गरेपछि दोहोरिएको शाखामध्ये कतिपय गाभेको रक तिपय नयाँ बजार खोजेर ३८ वटा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो, बैंकले डिजिटलसँगै भौतिक शाखा विस्तारमा जोड दिएको छ, बैंकको पहुँच नपुगेको क्षेत्रमा विस्तार गर्न जरुरी थियो, पूर्वमा खोटाङको दिक्तेलदेखि डडेल्धुराको अमरगढीसम्म शाखा विस्तार गरेको छ,’ उनले भने ।

साथै, बैंकले थप १० वटा शाखा कार्यालय सञ्चालनका लागि द्रूत गतिमा काम अघि बढाएको उनले बताए । उनका अनुसार यो वर्षको अन्तसम्म २६५ वटा शाखा पुर्याउने लक्ष्य रहेको छ । दूरदराजको नाम्चे बजारमा पनि शाखा विस्तार गर्ने योजना रहेको उनको भनाइ छ ।

बैंकका अनुसार वि.सं.२०७६ असारसम्म ७९ वटा शाखा कार्यालय थिए । यस्तै, वि.सं.२०७७ असारसम्म ११८ वटा, वि.सं.२०७८ असारमा १३५ वटा, वि.सं.२०७९ असारमा २३१ वटा र आजको दिनमा २५५ वटा शाखा कार्यालय रहेका छन् ।

सरकारको प्राथमिक प्राप्त क्षेत्रहरुमा पनि पहुँच विस्तार गरी व्यवसाय बढावा दिने उनले बताए । वरिष्ठ डीसीईओ शाक्यका अनुसार वि.सं.२०७६ सालमा ६ लाख ग्राहक रहेकोमा १९ लाख पुगेका छन् ।

‘पहिला शाखा कार्यालयको क्षेत्रफल २५ सय वर्गमिटर क्षेत्रफल हुनु पथ्र्याे भने आजको दिनमा १२/१४ सय वर्गमिटर र ४/५ जना कर्मचारी राखेर कार्यालय सञ्चालन गर्न सकिन्छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.