नेपाल बैंकका ग्राहकले अब एटिएम कार्ड बोक्न नपर्ने, मोको वालेटबाट भुक्तानी गर्न सक्ने

<p>काठमाडौं । नेपाल बैंक र फोकसोन पेमेन्ट सोलुसनबीच भिसा कार्ड मार्फत हुने डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट वरिष्ठ प्रबन्धक संजीव जोशी र फोकसोनको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारीले हस्ताक्षर गरेका छन् । यो सम्झौता अनुसार नेपाल बैंकका ग्राहकहरुले आफ्नो भिसा डेबिट तथा क्रेडिट कार्डमा मोको डिजिटल [&hellip;]</p>

काठमाडौं । नेपाल बैंक र फोकसोन पेमेन्ट सोलुसनबीच भिसा कार्ड मार्फत हुने डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट वरिष्ठ प्रबन्धक संजीव जोशी र फोकसोनको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारीले हस्ताक्षर गरेका छन् ।

यो सम्झौता अनुसार नेपाल बैंकका ग्राहकहरुले आफ्नो भिसा डेबिट तथा क्रेडिट कार्डमा मोको डिजिटल वालेटमा जोडी विभिन्न सेवाहरु जस्तै मोवाईल टप अप इन्टरनेट, बिजुली, खानेपानी, हवाईजहाजको टिकट भुक्तानी लगायतका सेवाहरु प्रयोग गर्न सक्नेछन ।

साथै बैंकका ग्राहकहरुले मोको डिजिटल वालेटमार्फत स्क्यान टु पे गरी ६ हजारभन्दा बढी भुक्तानी समेत गर्न सक्नेछन् ।

हाल मोको डिजिटल वालेटमा १९ वटा बैंक तथा वित्तीय संस्थाको भिसा डेबिट तथा क्रेडिट कार्ड जोडी गरी विभिन्न भुक्तानी गर्न सकिनेछ । भिसा कार्ड प्रयोग गरी विल भुक्तानी गर्ने यो नेपालकै पहिलो र एकमात्र भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

Share News