नबिल बैंकले एकैपटक सञ्चालन गर्यो ३८ वटा नयाँ शाखा

  २०८० जेठ १८ गते ११:४२     विकासन्युज

काठमाडौं । नबिल बैंकले एकैसाथ ३८ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । स्थापनाको ३८ वर्ष पार गरेको बैंकले बिहीबार केन्द्रीय स्तरमा एक विशेष कार्यक्रम गरी देशैभर ३८ वटा नयाँ शाखाको उद्घाटन गरेको हो ।

‘नबिल बैंक अब तपाईसँग अझै नजिक’भन्ने नाराका साथ सरल र सबल बैंकिङ सेवा प्रदान गर्न सातै प्रदेशमा एकैसाथ ३८ वटा नयाँ शाखा विस्तार गरिएको बैंकले जनाएको छ ।

बैंकका अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा १३ वटा नयाँ शाखा सञ्चालनमा ल्याइएको छ भने कर्णाली प्रदेशमा एउटा शाखा सञ्चालनमा ल्याएको हो । यस्तै, कोशी प्रदेशमा १, मधेश प्रदेशमा ८, गण्डकी प्रदेशमा ३, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा २ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

बिहीबार नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले ८ वटा र बैंकका सञ्चालक निर्वाण चौधरीले ८ वटा शाखाहरु उद्घाटन गरेका छन् । त्यस्तै, बैंकका संचालक आशा राणा अधिकारीले थप ८ वटा र बैंक संचालक अनन्त पौड्याल र प्रविन टिबडेवालाले थप ७/७ वटा शाखाको उद्घाटन गरे ।

३८ नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयको संख्या २५५ पुगेको छ । साथै, बैंकले थप १० वटा शाखा कार्यालय सञ्चालनका लागि द्रूत गतिमा काम अघि बढाएको बैंकले जनाएको छ । बैंकका अनुसार यो वर्षको अन्तसम्म २६५ वटा शाखा पुर्याउने लक्ष्य रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.