‘नबिल बैंककाे गाउँ-गाउँमा शाखा विस्तार गरी उद्यमी जन्माउने लक्ष्य छ’

  २०८० जेठ १८ गते ११:१४     विकासन्युज

काठमाडौं । नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले आफुहरुले गाउँ गाउँ शाखा विस्तार गरेर नयाँ उद्यमी जन्माउने लक्ष्य लिएको बताएका छन् ।

बिहीबार नबिल बैंकले काठमाडौंमा एकैपटक ३८ वटा शाखाको उद्घाटन गर्न आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

बैंकले गाउँ-गाउँमा उद्यमी जन्माउन ६ महिनाको तालिम दिने उनले बताए । उनले बैंकले ग्राहकलाई कम लागतमा सेवा दिन खोजिरहेको पनि बताए । बैंकले दुरदराजमा डिजिटल माध्यमभन्दा भौतिक उपस्थिति नै दरिलो बनाउन खोजेको उनी बताउँछन् ।

यस्तै, उनले अहिले पहिला जस्तो शाखा विस्तार गर्दा खर्च नहुने बताए । ‘पहिला शाखा विस्तार गर्दा खर्च धेरै थियो भने अहिले कम लागत लागेको छ. किनभने सबै शाखामा डिजिटल माध्यम प्रयोग गरिएको छ,’ उनले भने ।

त्यस्तै, अब बैंक आफ्ना लागि मात्रै नभएर सबैका लागि हुनुपर्ने उनकाे भनाइ छ । नयाँ शाखा कर्मचारी बस्नका लागि मात्रै नखाेलेका बताउँदै उनले भने,’ग्राहकलाई कुरेर मात्रै होइन अब ग्राहकलाई सचेतना दिन कर्मचारीहरू घरघर पुग्नुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.