हिमालयन बैंकले धितोमा रहेको कार बेच्दै

  २०८० जेठ १८ गते ८:०२     विकासन्युज

काठमाडौं । हिमालयन बैंकले धितोमा राखिएको सवारी साधन पुनः लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गरेर असुल गर्ने भएको हो ।

बैंकको चाहबिल शाखा कार्यालयबाट ऋणी एम.एस.ब्रदर्श इन्टरप्राइजेज प्रालिका सञ्चालक मनिराज अर्याल र सन्जिव दिवालीलाई कर्जा चुक्ता गर्न तोकता गरेपनि कुनै वास्ता नगरेको हुँदा धितो बिक्री गरेर ऋण असुल गर्ने बैंकले जनाएको छ ।

बैंक धनी भएको ऋणी एम.एस.ब्रदर्श इन्टरप्राइजेज प्रालिको नाममा दर्ता कायम बाग्मती प्रदेश ०१–०२५ च ५५७८ नम्बरको टाटा नेक्सन एक्सजेठप्लस नीजि कार बिक्रीमा राखिएको हो ।

बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले ७ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.