भन्सार विभागको महानिर्देशकमा शोभाकान्त पौडेल

  २०८० जेठ १७ गते १५:४६     विकासन्युज

काठमाडौं । भन्सार विभागको महानिर्देशक शोभाकान्त पौडेल बनेका छन् । अर्थमन्त्रालयले खानेपानी मन्त्रालयमा रहेका सहसचिव पौडेललाई भन्सार विभागको महानिर्देशक बनाउने निर्णय गरेको हो ।

श्रोतका अनुसार पौडेलले बुधबार नै भन्सार विभागको पत्र बुझि सकेका छन् । उनले खानेपानी मन्त्रालयबाट भने मंगलबार नै राजिनामा दिएका हुन् ।

पौडेल राजस्व समूहका क्याडर हुन् । जनार्दन शर्मा अर्थमन्त्री भएको बेला उनी आन्तरिक राजस्व विभागका महानिर्देशक थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.