लक्ष्मी बैंकले डाक्यो विशेष साधारण सभा, सनराइजसँगको मर्जरलाई अन्तिम रुप दिने

  २०८० जेठ १७ गते ७:०२     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकले आगामी असार ३ गते विशेष साधारण सभा आव्हान गरेको छ । बैंकले सनराइज बैंकसँग मर्जरमा जाने प्रस्ताव पारित गर्नका लाग आफ्नो विशेष साधारण सभा डाकेको हो । बैंकको सञ्चालक समितीको जेठ १६ गते बसेको बैठकले असार ३ गते काठमाडौंमा बिहान ११ बजे अग्रवाल भवन कमलपोखरी काठमाडौंमा बोलाएको हो ।

लक्ष्मी बैंक र सनराइज बैंक एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धी संचालक समितिको विशेष प्रस्ताव पारित गर्नेछ । मर्जर प्रयोजनको लागि मुल्याङनकर्ताले तयार गरेको बैंकको चल अचल सम्पत्ति तथा दायित्व मुल्याङ्गन (डीडीए) प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको सेयर आदान प्रदान अनुपात र अन्तिम सम्झौता पत्र पारित गर्नेछ ।

ड्यु डिलिजेन्स अडिटरको प्रतिवेदनका आधारमा दुवै बैंक १ः१ को स्वाप रेसियोमा मर्ज हुने छन् । मर्ज भएपछि बन्ने संस्थाको नाम लक्ष्मी सनराइज बैंक लिमिटेड हुने छ । लक्ष्मी बैंकका हालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजय विक्रम शाह मर्जरपछि बन्ने बैंकको सीईओ बन्नेछन् । गाभिएपछि बन्ने बैंकको सञ्चालक समितिको प्रथम बैठकले सञ्चालक समितिको अध्यक्षको चयन गर्नेछ ।

सम्झौतापत्र साधारण सभाले पारित गरेपछि नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयको स्वीकृति पश्चात् एकीकृत कारोबार शुरु गर्नेछन् । सम्पूर्ण प्रक्रियाहरु टुंग्याई आगामी असार मसान्तभित्रै एकीकृत कारोबार शुरु गर्ने लक्ष्य राखिएको बैंकले जनाएको छ ।

बैंकले विशेष साधारणसभा प्रयोजनार्थ जेठ २६ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले जेठ २५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभामा सहभागि हुन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.