सनराइज बैंकले वीरेन्द्रनगरमा दियो दुग्ध उत्पादन बारे सिपमुलक तालिम 

  २०८० जेठ १६ गते १९:२०     विकासन्युज

काठमाडौं । सनराइज बैंकले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर २ मा दुग्ध उत्पादन सम्बन्धी सिपमुलक तालिम तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

स्थानीय तहमा सुहाउँदो कृषि व्यवसाय सम्बन्धी तालिम स्थानीय व्यक्तिहरुलाई प्रदान गरेर उनीहरुको आम्दानी वृद्धिमा मद्दत गर्ने तथा त्यस व्यवसायमा आवश्यक पर्ने बैंकिङ्ग ज्ञान प्रदान गर्ने कार्यक्रमा गरेको बैंकले जनाएको छ ।

जेठ ८ गतेदेखि वीरेन्द्रनगरमा संचालन गरिएको कार्यक्रममा ३५ जना महिलाहरु सहभागी थिए ५ दिने कार्यक्रमको प्रशिक्षण ग्रामीण वित्त विज्ञ तर्कराज जोशीले दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.