नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्तको नयाँ स्वाप रेसियो तोकियो

  २०८० जेठ १३ गते १७:०४     विकासन्युज

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र समीट लघुवित्त वित्तीय संस्थाबीच मर्जरका लागि स्वाप रेसियो तय भएको छ । दुवै लघुवित्तको संयुक्त सञ्चालक समितिको जेठ ११ गते बसेको बैठकले मर्जरमा जान लागेका दुबै लघुवित्तबीच स्वाप रेसियो निर्धारण गरेको हो ।

दुबै लघुवित्तको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन (डीडीए) प्रतिवेदनमा उल्लेख भएको सेयर स्वाप रेसियो निर्धारण गरिएको हो । सेयर आदान प्रदान अनुपात १ः०.७३ अर्थात् नेशनल लघुवित्तको १०० कित्ता सेयर बराबर समीट लघसवित्तको ७३ कित्ता सेयर कायम हुनेछ ।

मर्जर सम्बन्धी प्रारम्भिक सम्झौताको तुलनामा डीडीए रिपोर्ट पश्चात् स्वाप रेसियो घटेको हो । प्रारम्भिक सम्झौता अनुसार १ः०.८२ स्वाप रेसियोमा कायम हुने सहमति भएको थियो । दुवै लघुवित्तले गत असोज २६ गते एक आपसमा मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.