भोली विराटनगरमा एनसेल कन्सर्ट हुँदै

  २०८० जेठ १२ गते १८:३४     विकासन्युज

काठमाडाैं । एनसेल आजियाटाले विराटनगरको हाटखोला मैदानमा भाेली (जेठ १३ गतेऽ शनिबार) कन्सर्ट गर्ने भएको छ । कार्यक्रममा चर्चित कलाकार तथा सांगीतिक समूहका प्रस्तुतिहरू रहनेछन् ।

विशेषगरी विदेशमा रहेका दाजुभाइ तथा दिदीबहिनीहरूका नेपालमा रहेका परिवारका सदस्य, आफन्तजन तथा साथीभाइसँग सांगीतिक कार्यक्रममार्फत खुसी साटासाट गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागेको एनसेलले जनाएको छ । कार्यक्रम दिउँसो २ बजे सुरु भई बेलुका ८:३० बजेसम्म चल्नेछ ।

कार्यक्रममा चर्चित गायकगायिकाहरू दीपक बज्राचार्य र रिदम ब्यान्ड, आशिष राना (लाउरे), शिव परियार, द एलिमेन्ट्स, अस्मिता अधिकारी, सुनील पण्डित, कलाकार केकी अधिकारीले आफ्नो विशेष प्रस्तुतिहरू राख्दै दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन्। साथै यो कन्सर्ट एनसेलको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण हुनेछ ।

कन्सर्टमा सहभागी हुन इच्छुक दर्शकले नजिकैको एनसेल सेन्टर वा आधिकारिक बिक्रेताको एनसेल पसल एपबाट अन्तर्राष्ट्रिय कलिङ प्याक, सहयात्री सिम खरिद वा ब्यालेन्स रिचार्ज गरी कन्सर्टको टिकट निःशुल्क पाउन सक्नेछन् ।

वैदेशिक रोजगारीमा जाने योजनामा रहेका नेपाली र उनीहरूका परिवारका सदस्यहरूलाई ध्यानमा राखी एनसेलले आकर्षक बन्डल सेवा, बोनस सुविधा र रोमिङका साथ ‘सहयात्री सिम’ स्टार्टर प्याक उपलब्ध गराउँदै आएको छ । यसैगरी कम्पनीले विदेशमा रहेका आफ्ना परिवारसँग सुलभ दरमा सम्पर्कमा रहिरहन विभिन्न भ्वाइस प्याकहरू पनि उपलब्ध गराउँदै आएको छ ।

कार्यक्रममा सहभागी हुन अन्तर्राष्ट्रिय कलिङ प्याक, सहयात्री सिम खरिद वा ब्यालेन्स रिचार्ज गरी निःशुल्क टिकट लिन एनसेलले ग्राहकहरूलाई आह्वान गरेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.