महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्डको सुभारम्भ

  २०८० जेठ १२ गते १७:३५     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकले क्रेडिट कार्ड सेवाको सुभारम्भ गरेको छ । बैंकले ग्राहकको डिजिटल बैंकिङको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै २९औं वार्षिकोत्सवको अवसरमा भिसा क्रेडिट कार्ड सेवाको सुभारम्भ गरेको छ ।

बैंकले आज शुक्रबारदेखि औपचारिक रुपमा क्रेडिट कार्ड सेवाको सुभारम्भ गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देबकोटाले बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बिच क्रेडिट कार्ड सेवाको समुद्घाटन गरेका हुन् । उनले ग्राहकको आवश्यकता, सन्तुष्टि र संस्थागत सुशासनलाई आत्मसात् गर्दै भविष्यमा अझ अत्याधुनिक सरल, सहज र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच सारा नेपाली जनतामा पुर्याउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

उक्त क्रेडिट कार्ड प्रयोगकर्ताले पोइन्ट अफ सेल, अनलाईन कारोबार तथा भिजा कार्ड स्वीकार गर्ने एटिएमबाट सजिलै नगद झिक्न, पिओयस मार्फत भुक्तानी गर्न र वस्तु वा सेवाहरु खरिद गर्न सक्नेछन् ।

बैंकका अनुसार कार्ड मार्फत नगद झिक्दा, अनलाईन भुक्तानी गर्दा र वस्तु वा सेवाहरु खरिद गर्दा अधिकतम ४५ दिन सम्म व्याज नलाग्ने, क्रेडिट कार्ड सिमा १५ हजार देखि ५ लाखसम्म पाउने तथा नेपाल भारत र भुटानमा सजिलै प्रयोग गर्न सकिने जस्ता विशेषताहरु क्रेडिट कार्ड सेवामा उपलब्ध छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.