२०८० जेठ १२ गते १६:३० विकासन्युज
काठमाडौं । नेको इन्सुरेन्सले बीमा सर्भेयरहरुलाई सूची दर्ता गर्न आव्हान गरेको छ । जेठ ११ गते एक सूचना जारी गर्दै इन्सुरेन्सले इजाजत प्राप्त सर्भेयरलाई ३५ दिनभित्र दर्ता गर्न आव्हान गरेको हो ।
इन्स्योरेन्सले बीमालेखमा परेका दावीहरुको क्षति सर्वेक्षण, अनुसन्धान तथा मूल्यांकन गर्नको लगि बीमा प्राधिकरणबाट सर्भेयर ईजाजत पाएका सर्भेयरलाई दर्ता गर्न आग्रह गरेको हो ।
यससँगै इच्छुक सर्भेयरले सूचि दर्ताको निवेदन दिँदा विभिन्न कागजात बुझाउनु पर्ने छ । इन्सुरेन्सका अनुसार सर्भेयरले बीमा प्राधिकरणबाट प्राप्त सर्भेयर इजाजत प्रमाणपत्रको प्रतिलिपि, फर्म वा कम्पनीको दर्ता प्रमाणपत्रको प्रतिलिपि (संस्थाको लागि मात्र), स्थायी लेखा नम्बर तथा मूल्य अभिवृद्धि करको प्रमाणपत्रको प्रतिलिपि, व्यक्तिगत तथा फर्म वा कम्पनीको अधावधिक विवरण र नागरिकता प्रमाणपत्रको प्रतिलिपि इन्स्योरेन्सको केन्द्रिय कार्यालय ज्ञानेश्वरस्थित बीमाभवनमा वा शाखा कार्यालयमा बुझाउनु पर्ने छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.