पशुपति सहकारी समस्याग्रस्त घोषणाका लागि सिफारिस, थप दुईलाई पनि पठाइँदै

  २०८० जेठ १२ गते १४:२७     विकासन्युज

काठमाडौं । सहकारी विभागले पशुपति बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त सहकारीका रुपमा सिफारिस गरेको छ । उक्त सहकारी वित्तीय संकटमा परेपछि विभागले भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा सिफारिस गरेको हो ।

२०७६ साल चैत्र १५ गतेदेखि बचत फिर्ता गर्ने प्रतिवद्धता संस्थाले जनाए पनि हालसम्म पैसा फिर्ता गर्न सकेको छैन । संस्थाको अचल सम्पत्ती बिक्री गरेर बचत फिर्ता गर्ने प्रतिवद्धता जनाएको थियो । संस्थाको नाममा रहेको जग्गा बिक्री नहुँदा संस्था थप समस्यामा परेको हो ।

यस्तै, विभागले कान्तिपुर सहकारीलाई पनि अन्तिम स्पष्टीकरण सोधेको र अन्य दुई सहकारीलाई पनि समस्याग्रस्त घोषणाका लागि सिफारिसको तयारी गरिरहेको विभागमा रजिस्ट्रार नमराज घिमिरेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.