नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुको आजदेखि अदालतमा बयान

<p>काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुको आजदेखि बयान सुरु हुने भएको छ । उक्त प्रकरणमा हालसम्म पक्राउ परेका १६ जना प्रतिवादीहरुको आजदेखि अदालतमा न्यायाधीश समक्ष बयान सुरु हुन लागेको हो । न्यायाधीशको अगाडि बयान सकिएपछि मात्र थुनछेकको बहस सुरू हुनेछ । थुनछेकको बहस सकिएपछि मात्र प्रतिवादीहरूलाई थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने भन्ने [&hellip;]</p>

फाइल फाेटाे

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुको आजदेखि बयान सुरु हुने भएको छ । उक्त प्रकरणमा हालसम्म पक्राउ परेका १६ जना प्रतिवादीहरुको आजदेखि अदालतमा न्यायाधीश समक्ष बयान सुरु हुन लागेको हो ।

न्यायाधीशको अगाडि बयान सकिएपछि मात्र थुनछेकको बहस सुरू हुनेछ । थुनछेकको बहस सकिएपछि मात्र प्रतिवादीहरूलाई थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश जारी हुनेछ ।

नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने ३० जनाविरूद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो ।

उनीहरूविरुद्ध ठगी, सरकारी लिखत कीर्ते, राष्ट्रियहीतविरूद्धको अपराध, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको छ ।

उक्त प्रकरणमा नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण, उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डे, पूवगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा विज्ञ इन्द्रजित राईलगायत उच्च पदस्थहरू जोडिएको छन् ।

उनिहरुमाथि नेपाली नागरिकराई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै २९ करोड रूपैयाँभन्दा बढी रकम उठाएको आरोप लागेको छ ।

Share News